सखडा, सप्तरी, २५ असाेज । सप्तरीको छिन्नमस्तामा बडा दशैकाे अवसरमा हरेक वर्ष आयाेजना हुने भलिवल प्रतियोगिता खेलकाे आज शनिवार फाइनल खेल हुने भएको छ ।
जिल्लाकाे छिन्नमस्ता गाउँपालिकाकाे वडा नम्बर ३ स्थित सखडा बजारमा शनिबारदेखि शुरु भएको तेस्रो राष्ट्रिय अध्यक्ष कप प्रतियोगिताको
अन्तिम खेल उदायपुर (गाईघाट)टिम र खडक टिम बिच हुने आयाेजक छिन्नमस्ता गाउँपालिकाले जानकारी दिएको हाे ।
आठबटा टिम समिलित खेलकाे पहिलाे अर्थात बिजेता हुने टिमलाई एक लाख एक हजार र उपबिजेता टिमलाई ५१ हजार नगद पुरस्कार, टर्फी र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका अध्यक्ष विद्यान्नद चाैधरीले जानकारी दिनुभयो ।