राजबिराज, १८ मंसिर । सप्तरीकाे राजबिराज स्थित रहेको नेहा अफसेट प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
राजविराज ७ स्थित मेन रोडमा स्वचालित नेहा अफसेट प्रेसमा सोमबार बिहान करिब १० बजेतिर विधुत सर्ट भई आगलागी भएको प्रेसका अपरेटर राजेश चौधरीले जानकारी दिए ।
आगलागीबाट अफसेट प्रेसमा रहेका कम्प्युटर, ए फोर कलर प्रिन्टर, ए थ्री प्रिन्टर, इन्भर्टर ब्याट्री, फाइव केभी स्टेप्लाइजर, फर्निचर, कगज पत्र लगायतका विभिन्न महत्त्वपूर्ण औजारहरू जल्दा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त आगो स्थानीय बासी तथा राजविराजको वारुण यन्त्रकाे सहयोगमा नियन्त्रणमा लिएको थियो ।
अफसेट प्रेसका सञ्चालक ओैमप्रकाश साह भने यतिबेला भारत भ्रमणमा रहका छन ।