२०८३ साल ब‌ैशाख १६ गते बुधबार

मुख्यमन्त्री सिंह निर्वाचन क्षेत्रमा दिनभर भेटघाटमा व्यस्त

युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउन प्रतिवद्ध : मुख्यमन्त्री सिंह

राजबिराज , ५ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न स्थानमा दिनभर भेटघाट कार्यक्रममा व्यस्त रहे।

मुख्यमन्त्री सिंहले सप्तरीको महदेवा गाउँपालिका–५ दुर्गापुर, तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला, वडा नं. ३ सकरपुरा र वडा नं. १ भन्सार चौकमा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै छलफल गरेका हुन्।

कार्यक्रममा स्थानीय समस्या, विकास–निर्माणका प्राथमिकता तथा जनताका अपेक्षाबारे नागरिक र मतदाताहरूले आफ्ना धारणा, सुझाव तथा मागहरू राखेका थिए। ती प्रश्नहरूको जवाफमा मुख्यमन्त्री सिंहले प्रदेश सरकार सुशासन, विकास र जनकल्याणका कार्यक्रमप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे।

समस्याहरूको समाधानका लागि सम्बन्धित निकायमार्फत प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने आश्वासन दिँदै उनले युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउन आफू निरन्तर लागिपरेको बताए। संघीयताको रक्षा र मजबुतीका लागि प्रदेश सरकार दृढतापूर्वक खडा रहेको मुख्यमन्त्री सिंहको भनाइ थियो।

सो अवसरमा मुख्यमन्त्री सिंहले वडा दशैँको शुभकामना व्यक्त गर्दै सम्पूर्ण नागरिकको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।




प्रतिक्रिया