सखडा, १ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएका छन । वडा नम्बर १ बरहीबिरपुर केन्द्रमा कुल २ हजार १ सय ८६ खसेको मत मध्ये १ हजार २ सय ४५ मतपत्रकाे गिन्ती सकिदा सम्म माओवाद केन्द्रकाे तर्फबाट गापा अध्यक्ष पदको उम्मेदवार विनोद कुमार यादवले ४ सय ३२ मतले अग्रता लिएको छ भने लाैसपाका विद्यान्नद चाैधरी २ सय ६४ मतले पच्छयाईरहेकाे छ । त्यसे गरि उपाध्यक्षमा माओवादीकी राजु देवी यादवले ३ सय ३० मतले अग्रता लिएको छ भने लाेसपाकी उषाकुमारी मण्डलले २ सय ४० मतल्याएर पच्छयाईरहेकाे छ । त्यसे गरि जसपाकाे अध्यक्ष पदकाे उम्मेदवार सत्यनारायण यादवले १ सय ४२ मत लयाएका छन भने उपाध्यक्षकि अशादेवी साहले २ सय १४ मत ल्याएर तेस्रो स्थान छन ।