२०८३ साल असार १० गते बुधबार

छिन्नमस्तामा जसपाका उम्मेदवार सत्यनरायणले सार्वजनिक गरे १९ बुँदै चुनावी घोषण पत्र

राजबिराज, २१ बैशाख ।

जनता समाजवादी पार्टी (जसपा) छिन्नमस्ता गाँउपालिका सप्तरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरि घोषणा पत्र सार्वजनिक गरेको छ । 

बुधबार बिहान छिन्नमस्ता सखडा स्थित जसपा पार्टी कार्यालायमा गापा अध्यक्षको उम्मेदबार सत्यनरायण यादवले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिचाई, पर्यटन, पुर्वाधार, पर्यटन, उद्योग, खानेपानी, सरसफाई, विपद, पुननिर्माण लगायतका विषयवस्तुहरुलाई समावेश गरी १९ बुँदै गाँउपालि स्तरीय घोषण पत्र सार्वजनिक गरेको हो ।

घोषण पत्रमा छिन्नमस्ता सखडा अस्पताललाई स्तरोन्नती गरी १५ शैय्याको बनाउने, जिणर् रहेको बर्थिङ्ग सेन्टरको भवनलाई पुननिर्मागरी २४ घण्टे सेवा प्रदान गराउने, ५ वर्ष भित्र गाँउपालिकाको आफनो भवन सहित सबै वडाको वडा कार्यालय बनाउने, ५ वर्ष भित्र हिलो मुक्त छिन्नमस्ता गाँउपालिका बनाउने, विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यार्थीको अनुपातमा विषयगत शिक्षकको व्यवस्थापन गराउने, गाँपा भित्र कृषि सडक, सिचाईका लागि विद्युतिकरण, कृषि सेड लगायत निमाणर् गरी आधुनिक प्रविधिमार्फत कृषिमा क्रान्ती ल्याइ रोजगारी सृजना गर्ने लगायतका कुराहरु समाबेश गरेको छ ।

त्यसे गरी सिचाईको लागि कुलो, पैनी लगायत घोरदह नदी र भलुवाही नदीलाई ढोका सिस्टममा व्यवस्थीत गर्ने, कृषि अनुदानको व्यवस्था गरी कृषि सामग्रीहको बजार र भण्डारणको लागि सितभण्डा समेतको व्यवस्था गर्ने, प्राकृति प्रकोप बाट हुने कृषि बालीको क्षतिपुर्ती उपल्बध गराउने, योजना छनोट प्रकृयामा बहुसंख्यक जनताको भेला गराई पारदर्शी, उत्तरदायी र दिगो खालको बनाउने, स्थानीय स्तरमा हुने स-साना झैझगडा न्यायिक समिती मार्फत त्ततकाले समाधान गराइ सुशासन कायम गराउने, भुमिहिन, गरिब, दलित, अतिविपन, असाहाय, अपाङ्ग, एकमहिला लगायतकालागी रोजगारी र गापा स्तरीय आवास निर्माण सहित थप सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याउने, एक वडा एक खेल मेदान लगायतका कार्यक्रम ल्याई प्रत्येक वर्ष गापा स्तरीय विभिन्न खेलको प्रतिस्र्पधा गराउने लगायतका महत्वान्छी योजनाहरु सार्वजनिक गरेको हो ।

त्यसैगरी स्थानीय स्तरमा उपल्बध श्रोत साधनको अधिकतम प्रयोग गरी अनुदान मार्फत स-साना उद्योगहरु संचालनमा ल्याई बेरोजगारी समस्या केही हदसम्म हल गराउने, ५ वर्ष भित्र शुद्ध खानेपानी, फोहरमेला व्यवस्थापन लगायत ढल निकासको व्यवस्था गर्ने, छिन्नमस्ता भगवती मन्दिरलाई पुन भब्य मन्दिर निर्माण गरी पर्यटन भित्राउने ठुलो केन्द्र बनाउने, समता मुलक, विभेद रहित र भयमुक्त समाजको निर्र्माण गर्ने, केन्द्र र प्रदेश सरकार बाट थप बजेट उपलब्य गराई छिन्नमस्ता गापाको विकास गतिलाई तेब्बर वृद्धि गराउने, प्रत्येक ६ महिनामा आफना कार्ययोजना र प्रगति विवरण सार्वजनि सुनवाई मार्फत सार्वजनिक गर्ने लगायतका कुराहरु घोषण पत्रमा उल्लेख गरिएको छ ।

घोषण पत्र सार्वजनिक कार्यक्रममा जसपा नेपाल बाट छिन्नमस्ता गााँउपालिकाका लागि उम्मेदबार बनेका अध्यक्ष सत्यनारायण यादव  सहित उपाध्यक्ष अशा देवी साह र ७ वटै वडाका वडा अध्यक्ष, सदस्य लागायत जसपा पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीति रहेको थियो ।

प्रतिक्रिया