२०८३ साल ब‌ैशाख १६ गते बुधबार

सप्तरी–१ बाट सुमनराज प्याकुरेलको उम्मेदवारी सशक्त बन्दै

राजविराज, २६ पुुस । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका क. सुमनराज प्याकुरेल राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थितिका रूपमा उदाएका छन्।

सिद्धान्त, संगठन र जनसम्पर्कलाई प्राथमिकता दिने नेताका रूपमा परिचित प्याकुरेल सप्तरी जिल्लामा मात्र होइन, अन्य लोकतान्त्रिक पार्टीका नेता–कार्यकर्तामाझ पनि लोकप्रिय रहेका छन्।

पार्टी संगठन विस्तार, कार्यकर्ता सुदृढीकरण र जनतासँगको आत्मीय सम्बन्धका कारण उनी जनप्रिय नेताको रूपमा स्थापित भएको राजनीतिक वृत्तको भनाइ छ।

यही व्यापक जनसमर्थनका आधारमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट उनको उम्मेदवारी सशक्त बन्दै गएको छ।

प्रतिक्रिया