२०८२ साल ब‌ैशाख १७ गते बुधबार

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

राजविराज, ०३ जेठ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन । विजयी हुनेमा ऐमालेका तर्फ बाट गापा अध्यक्ष पदकाे उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ८ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका पर्शुराम चौधरीलाई ९ सय ८६ मतले पछि पार्दै एमालेका चौधरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

काँग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसका कल्पना कुमारी चौधरीले ४ हजार २ सय १६ मत प्राप्त गरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्दी एमालेकी शैलेन्द्री देवी लेखीलाई ७ सय ५७ मतले पछाडि पार्दै गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी चौधरी निर्वाचित भईन् । एमालेका लेखीले ३ हजार ४ सय ४९ मत प्राप्त गरेकी थिईन् ।

यसैगरी माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवार रघु कुमार सिंह थारुले १२ सय ७३ र उपाध्यक्ष निशा कुमारी चौधरीले १९ सय १० मत प्राप्त गरी तेश्रो स्थान ल्याउन सफल भए । यस्तै जसपाका रामदेव यादवले ११ सय ६६ मत प्राप्त गरे भने उपाध्यक्ष वाणी कुमारी चौधरीले १ हजार २२ मत प्राप्त गरिन् । जनमत पार्टीका ललित कुमार यादवले ६ सय ११ मत प्राप्त गरे भने उपाध्यक्षले ६ सय ११ मत प्राप्त गरे ।

यसैगरी राप्रपाका उमाकान्त चौधरीले ३ सय २८ मत प्राप्त गरे । एकीकृत समाजवादीका दीप नारायण चौधरीले २ सय ८५ मत प्राप्त गरे भने उपाध्यक्षमा कल्पना कुमारी चौधरीले २ सय ७ मत प्राप्त गरिन् । यस्तै उपाध्यक्षका स्वतन्त्र उम्मेदवार मिना कुमारी चौधरीले ४ सय २८ मत प्राप्त गरिन् ।

वडा नम्बर ४ को अन्तिम मत परिणाम अनुसार नेपाली काँग्रेसका तेज नारायण यादव (महेश) ले भारी मत प्राप्त गरी विजयी हाँसिल गरे । उनले १ हजार २ सय ४४ मत प्राप्त गरी विजयी हाँसिल गरे । उनका प्रतिद्वन्दी एमालेका विनोद कुमार चौधरीले ६ सय ९६ मत प्राप्त गरे ।

यसैगरी माओवादीका गफुर मियाँले ३ सय ८१ मत प्राप्त गरे भने जसपाका प्रकाश चन्द्र यादवले २ सय १६ मत प्राप्त गरे । अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ६ वडा मध्ये काँग्रेस ३ एमाले २ र १ वडामा माओवादी केन्द्रले विजयी हाँसिल गरेको निर्वाचन अधिकृत मेघनाथ चापागाईंले जानकारी दिए ।

वडा नम्बर ३ मा काँग्रेसका गोपाल प्रसाद चौधरी, ४ मा तेज नारायण यादव र ६ मा अशोक आचार्य विजयी भएका छन् भने वडा नम्बर १ एमालेबाट सजबुल खलिफा र ५ मा सवजुल मियाँले जित हाँसिल गरे । वडा नम्बर २ मा माओवादी केन्द्रका पशुपति प्रसाद चौधरी विजयी भए ।

प्रतिक्रिया