पत्रकार आचारसंहिता, २०७३ काे पहिलो संशोधन, २०७६ काे प्रारम्भिक खण्डमा पत्रकारको परिभाषा गरिएकाे छ ।
"पत्रकार" भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्ति बाहेक सञ्चार सम्बन्धि व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पुर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ र साे शव्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, सम्बाददाता, स्ट्रिङजर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फाेटाे पत्रकार, प्रेस क्यामरापर्सन, व्यंग्यचित्रकार, कार्यक्रम निर्माता वा संचालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचार मुलक कार्यक्रम संग सम्बन्धित व्यक्ति समेतलाई सम्झनुपर्छ ।