२०८३ साल ब‌ैशाख ५ गते शनिवार

महासंघ द्वारा पत्रकार झाकाे साताै दिनकाे पुण्यतिथिमा श्रद्वान्जली सभा

राजबिराज, ०५ मंसिर । नेपाल पत्रकार महासँघ सप्तरीका पुर्व काेषाध्यक्ष शुभचन्द्र झाकाे साताै दिनकाे पुण्यतिथिमा श्रद्वान्जली सभाकाे आयाेजना गरिएकाे छ ।

मंगलवार नेपाल पत्रकार महासँघ शाखा सप्तरी द्वारा आयाेजित सभामा आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादब, महासँघका केन्द्रीय सदस्य ललिता साह, पुर्व केन्द्रीय सदस्य अबधेश झा,शाखा पुर्व अध्यक्ष बिष्णुकुमार मण्डल, मुरली प्रसाद यादब, जितेन्द्र खडगा लगायतले पत्रकार झाकाे जिवनी वारे चर्चा गर्दै शाेक सन्तव परिवार प्रति सम्वेदना ब्यक्त गरेका थिए ।

शाखा अध्यक्ष श्रवण कुमार देवकाे अध्यक्षतामा आयाेजित श्रद्वान्जली सभामा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, प्रेस युनियनका अध्यक्ष बिनय कर्ण, प्रेस मंचका अध्यक्ष भूषण सिँह लगायतले श्रद्वान्जली मन्तब्य दिएका थिए ।

पत्रकार झाले वि.स २०६१ सालमा मैथली पत्रकारिता सुरू गर्दै विभिन्न समयमा पत्रकार महासँघ शाखा सप्तरी कार्यसमितिकाे सदस्य हुँदै काेषाध्यक्ष पदमा निर्वाचित भई कार्य सम्पादन गरेका थिए भने हाल सुर्यांश साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएका थिए ।

प्रतिक्रिया