२०८१ साल माघ ७ गते सोमबार

सप्तरीबाट १७ क्विन्टल बढी गाँजा सहित टिपर र चालक पक्राउ

राजबिराज, ४ मंसिर । बालुवा र ढुंगाले छाेपेर टिपरमा भारत तर्फ लग्दै गरेकाे ठुलो परिणाममा प्रतिबन्धित लागुओैषध गाँजा सहित टिपर र चालकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

साेमबार राति सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनाकाे शनिमन्दिरबाट १ हजार ७ सय १७ किलो गाँजा सहित टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

धनकुटा शहिद भुमि गाउँपालिका ३ बस्ने ३३ वर्षीय यमजित राईले काे १ ख ६५०३ नम्बरको टिपरमा लग्दै गरेको अवस्थामा शंकास्पद देखिएकोले प्रहरीले खानतलासी गर्दा गाँजा पक्राउ परेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले आज एक पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयाे ।

साथै पक्राउ परेको चालकलाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य अगाडि बढाउने कुरा एसपी खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया