राजबिराज, २५ जेठ । नेकपा (एमाले) अग्नीसाईर कृष्णासवरन गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशनबाट श्यामकान्त चौधरीको अध्यक्षतामा ४७ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत रूपमा चयन गरिएको छ।
पालिका कमिटीको पदाधिकारीमा श्यामकान्त चौधरी अध्यक्ष, घनश्याम यादव उपाध्यक्ष, विनोद चौधरी सचिव, उज्वल अधिकारी र पार्वती राम सह–सचिव पदमा निर्वाचित भएका छन्। सबै पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको अधिवेशन आयोजकले जानकारी दिएका छन्।
नयाँ निर्वाचित सम्पूर्ण पालिका कमिटीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। अधिवेशनले संगठन सुदृढीकरण तथा स्थानीय राजनीतिक क्रियाकलापमा अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।