२०८२ साल मङ्सिर २४ गते मङ्गलबार

लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार बरामद

काठमाडौं, २५ भदौ । नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान १० बजेसम्म सेनाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीन वटा वारुण यन्त्रको प्रयोग गरिएको छ ।

गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट  ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।



प्रतिक्रिया