राजबिराज, २६ कार्तिक । विराटनगरमा जारी पहिलो नेपाल हव महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा साक्षी यादवले अर्धशतकीय पारी खेलेपछि सप्तरी बिजयी भएको छ ।
सोमवार विराटनगर स्थित ज्वाला क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा सप्तरी महिला क्रिकेट टिम राजबिराजले विराटनगर मोरंग महिला क्रिकेट टिमलाई ८ बिकेटले पराजित गर्दै जित हात पारेको हो ।
मोरंगले दिएको ९९ को लक्ष्य सप्तरीले १७ ओभर १ बलमा दुई बिकेट गुमाएर जित हात पारेको छ । जित दिलाउन सप्तरीका साक्षी यादबले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५६ रन बनाएपछि जित सहज भएको, सँगै बन्दना रजकले पनि ८ रन बनाउदै अविजित खेलेका थिए ।
टस जितेर सप्तरीले मोरंगलाई ब्याटिङ गर्न दिएपछि मोरंगले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर ९९ रनको योगफल खडा गरेका थिए । जसमा सानू राजबंशी २२ रन, काजल राजबंशी १० रन बनाएका थिए ।
बलिंग तर्फ सप्तरीका सुस्मिता यादब २ बिकेट, साक्षी यादब, अपेक्षा याादब र दिपा रामले समान्य १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच सप्तरीका साक्षी यादब घोषित भएको टिमम्यानेजर शमिला यादबले जानकारी दिईन ।
यो खेल सँगै बिराटरनगर मोरंग र राजबिराज सप्तरी बिच भएको ४ खेलको श्रृंखलामा मोरंगले ३ खेलमा जित निकाल्दै च्याम्पियन बनेका छ भने सप्तरीले १ खेलमा मात्र जित निकालेपछि दोस्रो बनेको छ।