राजबिराज, ३ बैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले यहीँ बैशाख १६ गते अधिबेशन गर्ने भएको छ ।
महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अधिबेशनकाे मिति ताेकिएकाे जानकारी गराएको हो ।
शाखा अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सोमबार सम्पन्न कार्यसमितिको बैठकले केन्द्रिय परिपत्र अनुसार आगामी बैशाख १६ गते अधिबेशन गर्ने निर्णय भएको सचिब विश्वासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अधिबेशनको स्थान भने पछि सूचना मार्फत जानकारी गराउने महासंघ शाखा सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अधिबेशनमा केन्द्रिय सर्कुलर बमोजिम २०७९ साल सम्म सदस्यता नविकरण गराएका शाखा सप्तरीमा आवद्ध सदस्यहरुलाई सहभागीताको लागि सोही प्रेस विज्ञप्ति मार्फत आव्हान समेत गरिएको छ ।