सखडा, सप्तरी ७ जेठ ।
सप्तरीको छिन्नमस्ता गाँउपालिका वडा नम्वर ७ मा वडा अध्यक्ष सहित नेपाल कम्युनिष्ट पार्टी एमालेको सम्पुर्ण प्यानल विजय भएको छ ।
एमालेकाे तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका अच्छेलाल यादवले ७ सय १४ मत ल्याएर विजय भएको छ भने उनका निकटतम प्रतिद्धन्दी जनता प्रगतिशील पार्टीकि प्रमिला देवी यादवले ४ सय ४ मत ल्याएका छन ।
त्यसैगरी महिला सदस्यमा रेखनी मरिकले ६ सय ७४, दलित महिला सदस्यमा देवकी सदाले ६ सय ७२, खुल्ला सदस्य १ मा महावीर यादवले ६ सय ५७ र खुल्ला सदस्य २ मा सफिद रहमान मंसुरीले ६ सय २६ मत ल्याएर विजय भएकाे छिन्नमस्तामा खटिएका निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका छन ।
१ हजार ७ सय ४४ मतदाता रहेको वडा नम्वर ७ मा १ हजार ३ सय ७८ मतमात्र खसेका थिए