काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष दाहाललाई आज साँझ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
दाहालले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ समारोह भने भोलि हुने जनाइएको छ ।