काठमाडौँ, १५ माघ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग सहित समाजवादी विद्यार्थी युनियनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आउदो चैत्र ५ गने हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गर्न त्रिभुवन विश्वविद्यालय(त्रिवि)का कुलपति समेत रहेका प्रधानमन्त्रि दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
शनिवार प्रधानमन्त्रिलाई बुझाएका ध्यानकर्षण पत्रमा लेखिएका छन्, “मुलुक यति बेला संघिय लोकतान्त्रिक गणत्रन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै अघि बढिरहेको छ । तथापि हजारौँ शहिदहरुको बलीदानीबाट स्थापित गणतन्त्रलाई पूर्णता दिन भने बाँकी नै रहेको छ । यो अर्थमा संविधानले व्यवस्था गरेका प्रावधानहरुलाई पूर्णरुपमा लागु गराउन राज्यका सम्पूर्ण निकायहरुले जिम्मेवारपूर्वक प्रतिबद्ध हुन जरुरी छ ।
विगत एक दशक भन्दा बढि वर्ष देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोकिएको छ । मिनि संसदको निर्वाचनको रुपमा परिभाषित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियता सकारात्म देखिन्छ । महान सहिदहरको बलिदानीबाट स्थापित स्ववियु एक संस्था मात्र नभएर आम विद्यार्थीहरुको हकहित तथा अधिकारहरुलाई स्थापित गर्ने साझा मञ्च समेत हो ।
तथापि त्रिविले चैत्र ५ गते गर्न तोकिएको निर्वाचनलाई सहि अर्थमा सफल बनाउनको लागि हाम्रो संगठन र त्रिविबीच भएको सहमति अनुसार पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपति समेत रहनु भएका सम्माननिय पूधानमन्त्री समक्ष ध्यानाकर्षण सहित जोरदार माग गर्दछौ ।” उक्त पत्रमा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष रमेश कुमार यादवकाे हस्ताक्षर रहेको छ ।
विगतमा पनि जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले स्वावियु निर्वाचनलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दैआएका छन् ।