२०८३ साल ब‌ैशाख १७ गते बिहिबार

राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजबिराजमा हुने

राजबिराज, २४ बैशाख । सप्तरीकाे राजबिराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । 

जिल्ला कबड्डी संघ सप्तरीको आयोजना तथा अखिल नेपाल कबड्डी संघको समन्वयमा बैशाख २९ देखी  जेठ १ गतेसम्म कबड्डी प्रतियोगिता हुनेछ । 

सोमबार जिल्ला कबड्डी संघ सप्तरीले पत्रकार सम्मेलन आयोजना गरी साे कुरा जानकारी गराएका छन् । प्रतियोगितामा सातवटै प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित तीन विभागीय टोली गरी कुल १० वटा टिम सहभागी हुने जनाएको छ । 

अखिल नेपाल कबड्डी संघको नियमानुसार खेलाइने खेलमा विभिन्न १० टिम बिच प्रतिस्पर्धा हुने कबड्डी प्रतियोगितामा सहभागी खेलाडीहरूको लागि खाना, बसोबास र फिल्ड ब्यबस्थापन सहितका सम्पूर्ण तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रशेखर चौधरीले जानकारी दिए ।

उद्घाटन खेल बैशाख २९ गते दिउँसो ४: ०० बजे हुनेछ र उद्घाटन  खेल मधेस र कोशी प्रदेश बिच प्रतिस्पर्धा हुने अध्यक्ष चन्द्रशेखर चौधरीले जनाएका छन् ।

उक्त प्रतियोगितालाई थप राेचक र मनाेरञ्जनात्मक बनाउन नेपाल पत्रकार महासंघ सप्तरी र जिल्ला कबड्डी संघ सप्तरी बीच एक खेल खेलाइने आयोजकले जानकारी दिएको छ ।

मुख्य प्रायोजक राजविराज नगरपालिका र सह प्रायोजक अग्नीसाईर कृष्णासरवन गाउँपालिका रहेको प्रतियोगितामा २६ लाख ६५ हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरिएको  छ ।

प्रतिक्रिया