२०८३ साल ब‌ैशाख ५ गते शनिवार

लोक सेवाले खोल्यो २६२ शाखा अधिकृतको विज्ञापन

काठमाडौँ, २७ मंसिर । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)को विज्ञापन खोलेको छ ।

पुर्व निर्धारित कार्यतालिका अनुसार  लाेक सेवा आयोगले बुधबार एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

आयागले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खोलिएको छ ।  

दरखास्त दिने अन्तिम मिति पुस १७ गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।


प्रतिक्रिया