कृष्ण मण्डल
राजबिराज , ५ चैत । विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा स्ववियु निर्वाचनमा ४५.५७ प्रतिशत मतदान संगै निर्वाचन सम्पन्न भएको छ ।
कुल २ हजार ७ सय ३१ मतदाता मध्ये निर्वाचनमा एक हजार २ सय ७२ विद्यार्थीले मतदान गरेकाे निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिनुभयो ।
६ वटा मतदान केन्द्रमा १२ वटा बुथमा शान्तिपूर्ण रुपमा विहान ९ बजेदेखि मतदान शुरु भएको मतदान ४ बजेसम्म चलेकाे थियो ।
मतगणना आजे साझ ७ बजेबाट शुरुआत गर्ने गरी अहिले सर्वदलीय बैठक बस्ने तयारीमा रहेको अधिकृत यादवले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत यादवका अनुसार कूल ३०१२ मतदाता रहेकोमा दोह्ररिएको नामहरु हटाउँदा २७३१ मतदाता कायम भएको छ । यसमा महिलातर्फ ५८३र पुरुषतर्फ ६८९ जनाले मतदान गरेका छन् ।