राजबिराज, २७ मंसिर । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पदपूर्तिका लागि आवेदनमंगलबार आह्वान गरेको छ।
जसमध्ये प्राविधिक तर्फ एक सय ८२ र अप्राविधिकतर्फ ५४ गरी आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो।
आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक र प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका नेपाली उमेदवारले पुस १८ गतेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।