२०८३ साल ब‌ैशाख ५ गते शनिवार

रुपनीमा प्याड खरिदमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध अख्तियारमा मुद्दा

राजबिराज, ११ माघ । सप्तरीको रुपनी गाउँपालिकामा स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै पाँच जना बिरूद्व अख्‍तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्वा दायर गरेकाे छ ।

आराेपितमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साह विरुद्ध आयोगले बिहीबार काठमाडौंस्‍थित विशेष अदालतमा पाँचै  जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हाे ।

उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ ।  

गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको प्रवक्ता नरहरि घिमिरेले घिमिरेले बताए ।

मालसामानको लागत अनुमान तयार गर्ने तथा लागत अनुमान तयार गर्दा स्थानीय बजार प्रचलित दरभाउ समेतलाई आधारको रूपमा लिई गर्नुपर्नेमा प्रचलित कानुनी व्यवस्थाको पालना नगरेको अख्तियारले जनाएको छ ।

९ लाख ११ हजार ९ सय २५ रकम पर्ने जस्मिन हाइजिन प्रोडक्ट प्रालिको प्याडलाई १७ लाख ८५ हजार नाै सय २८ रुपैयाँमा खरिद गरेको देखाइएको छ ।

यसरी ८ लाख ७४ हजार ३ रुपैयाँको अस्वाभाविक रूपमा रकम बढी तिरेर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ । अख्तियारले उनीहरूविरुद्ध बिगो रकम कायम गरी कैद र बिगोबमोजिमको जरिवाना माग गरेको छ ।

प्रतिक्रिया