राजबिराज, ६ मंसिर । सप्तरी निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश सभा २ (२) मा जनमत पार्टीका महेश प्रसाद यादब विजयी भएका छन ।
जनमतका महेशले १३ हजार ३ सय २५ मत ल्याएर विजयी हुँदा नेकपा माओवादीका उमेश कुमार यादबले ७ हजार २३ मत ल्याएर दाेस्राे स्थानमा रहे ।
त्यसैगरी जनता समाजवादी पार्टीका लक्ष्मण यादबले ५ हजार ६ सय २१ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।