काठमाडौँ, १७ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाका सातौँ र आठौँ तहमा रिक्त पदहरूको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
रिक्त पदपूर्ति गर्नका लागि विवरण मन्त्रालयले आज सूचना जारी गर्दै माग गरेको हो । स्वास्थ्य सेवा विभाग, अस्पताल, प्रतिष्ठानमा गरी २६ वटा निकायलाई पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।