कृष्ण मण्डल, राजबिराज, ०४ असाेज । सप्तरीको डाकनेश्वरी नगरपालिकाकाे मेयर राम लखन मल्लाहले रिक्त नभएको पदको रिक्त भएको भनी निर्वाचन आयाेगलाई चिठी पठाएको छ ।
मिति २०८०/०४/३० गते १३५ चलानी नम्बर राखेर पठाएको चिठीकाे विषयमा लेखिएको छ "रिक्त पदकाे विवरण पठाएको बारे" र तल उप-प्रमुख सहित ४ जना वडा अध्यक्षकाे कैफियत खुलाई चिठी पठाएको छ ।
जनप्रतिनिधिहरुकाे नाम उल्लेख नगरे पनि पद अनुसार कैफियतमा उल्लेख गरिएकाे छ नगर उपप्रमुख मिरा कुमारी यादव- दाेहाेराे नागरिकतामा धराेटीमा रिहा, वाड न.-२ वडा अध्यक्ष मो. रहमान -सामाजिक सुरक्षा भत्ता हिनामिना गरेकोले थुनामा रहेको, वडा न.-३ वडा अध्यक्ष भागेश्वर यादव- भारती नागरिकको मुचुलका सिफारिसमा धराेटीमा रिहा भएको, वडा न. - ४ वडा अध्यक्ष हरि राई- पक्षघातकाे बिरामी र त्यस्तै वडा न. -७ वडा अध्यक्ष सत्रुधन मण्डल- मेलमिलापको मुद्दामा १ वर्ष सजाय फैसला भएता पनि पुनरावेदन दिएको लगायतका कैफियत खुलाएको पत्र पठाएको छ ।
अत: यस पत्र सम्बन्धि मेयर मलाह संग कुरा गर्दा पद रिक्त नभएकोले नै कैफियतमा उनीहरूकाे कसुरकाे विवरण खुलाइएको जानकारी गराउनु भयो ।