२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

झाको रहस्यमय मृत्युमा छिन्नमस्तामा आज शाेक विदा

राजबिराज , १ पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ गाेबिन्दपुर बस्ने ५५ वर्षीया सुधिर कुमार झाकाे रहस्यमय मृत्युुकाे कारण पुस १ गते साेमबार (आज) गाउँपालिकामा शाेक विदा दिएको छ ।

मंसिर २३ गते बिहानै राजबिराज स्थित रहेको खेलकुद भवनको झ्यालमा गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत कर्मचारी सुधीर कुमार झाकाे शव झुन्डिएको अवस्थामा फेला परेको थियोे ।

झाकाे यस असामयिक र रहस्यमय निधनले सम्पूर्ण गाउँपालिका र समुदायलाई स्तब्ध बनाएको छ। यस शोकको घडीमा, मृतक आत्माको चिर शान्तिको कामना गर्दै गाउँपालिकाले शोक विदाको घोषणा गरेको छिन्नमस्ता गाउँपालिकाकाे अध्यक्ष विद्यान्नद चाैधरीले एक शाेक विज्ञप्ति जारी गर्दै  बताउनुभयो ।

गाउँपालिकाकाे याे निर्णयले स्वर्गीय झाप्रति सम्मान प्रकट गर्नुका साथै पीडित परिवारप्रति हाम्रो ऐक्यबद्धता र संवेदनशीलता जनाउनुका साथै उक्त घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधी पत्तालगाउन दबाब समेत सिर्जना हुने अध्यक्ष चाैधरीले बताउनुभयो ।

प्रतिक्रिया