कृष्ण मण्डल
राजबिराज , ८ जेठ । राज्यको मुल प्रवाहीकरणमा मधेसी समुदायको जनसंख्याको अधारमा लाेकसेवा मार्फत जनसहभागीता र लागुओैषध तथा कुलतमा नफसुन भन्ने मुल उदेश्यका साथ सप्तरीमा एक अभिमुखिकरण कार्यक्रम गरेको छ ।
बिहिवार जनचेतनामूलक "नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा" कार्यक्रम अन्तर्गत लाेकसेवा परिक्षा तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम जिल्लाको राजगढ स्थित एक विद्यालयमा सम्पन्न भएको हाे ।
अभिमुखिकरण कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमाले पाेलिटब्युराे सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले मधेसी समुदायकाे प्रतिनिधित्व नेपालकाे पहाडी तथा हिमाली जिल्लाहरु रहेका विद्यालयमा गणित, विज्ञानको शिक्षक र प्राविधिक लगायतका क्षेत्रमा रहदै आएकोमा अहिले साे अवस्था नरहेकोमा दुख व्यक्त गर्नु भयो । शिक्षा क्षेत्रमा सप्तरी कुनै बेला अग्रणी स्थानमा रहेकोमा अहिले शिक्षाको स्तर खस्केको जसलाई हामीसबै मिलेर सुधार गर्नुपर्ने कुरामा प्रतिबद्ध रहन जरुरी रहेको बताउनु भयो ।
मधेसी आयोग ज्वागल ललितपुरकाे आयोजना तथा राजगढ गाउँपालिकाकाे सहकार्यमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिईदै सफलता पुर्वक सम्पन्न गरेको हाे ।
मधेसी आयोगकाे सदस्य अभासेतु सिंहकाे अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भाेला दहाल, एसएसपी गाेपाल चन्द्र भट्टराई, प्रहरी निरिक्षक राकेश राई, मनिष श्रेष्ठ, राजगढका प्रमुख प्रशासकीय अधिकृत सराेज कुमार झा लगायतले प्रशिक्षण दिएका थिए भने गापा अध्यक्ष ओैमप्रकाश मण्डल, उपाध्यक्ष रेणु कुमारी मण्डल लगायत विद्यार्थीहरुकाे उल्लेखनीय सहभागिता रहेको थियो ।