२०८३ साल ब‌ैशाख १६ गते बुधबार

राजबिराज नगरपालिकामा अनियमितताको विरोधमा स्थानीय युवाहरूको तालाबन्दी

राजबिराज, २५ जेठ । सप्तरीको राजबिराज नगरपालिकामा आइतबार स्थानीय युवाहरूले अनियमितता र भ्रष्टाचारको विरोधमा तालाबन्दी गरेका छन्। 

उनीहरूले नगरपालिकामा व्यापक भ्रष्टाचार मौलाएको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी गरेपछि सबै कामकाज ठप्प भएको छ।

युवाहरूको आरोप छ कि आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृतको सरुवापछि कार्यवाहक नगरप्रमुख इसरत परविनले निमित्त अधिकृतको भरमा अनियमितता गर्न खोजेकी छन्। उनीहरूले भ्रष्टाचार गर्न मिल्ने वातावरण तयार पारिएको भन्दै आन्दोलनको रूप लिएका हुन्।

स्थानिय युवा नेता अनिल यादवका अनुसार, नगरपालिकामा सिसिटिभी खरिददेखि विषादी वितरण, कर्मचारी भर्ना लगायतका कार्यहरूमा समेत व्यापक भ्रष्टाचार भइरहेको छ।

तालाबन्दीको पूर्वसन्ध्यामा युवाहरूले नगर परिक्रमा गर्दै विरोध जुलुस निकालेका थिए। सो जुलुसमा राजविराज नगरपालिकाका निलम्बित नगरप्रमुख भीमराज यादवसमेत सहभागी थिए ।


प्रतिक्रिया