२०८१ साल माघ २७ गते अाईतबार

सप्तरी २ काे मतगणना कार्य राेकियाे, प्रदर्शन र धर्ना जारी

राजबिराज, ६ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि अहिले मतगणनाकाे कार्य रोकिएको छ ।

मंगलबार साँझ ९ बजेर १५ मिनेटमा मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप लगाउने प्रदर्शन सहित धर्ना दिएको छ । पेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले जानकारी दिए ।

सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् । मतपेटिकाकाे सिलनम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूको माग रहेको छ । यस विषयमा सप्तरीका सिडिओ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर उक्त घटनाबारे बुझ्ने कार्य भईरहेको बताउनु भएको छ ।

प्रतिक्रिया