२०८३ साल ब‌ैशाख १६ गते बुधबार

सप्तरी ३ मा लाेसपाका उम्मेदवारहरूद्वारा घरदैलो अभियानमा तिब्रता, भिडियो सहित

राजबिराज, २६ कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ काे लागि  लाेसपाकाे उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । 

आसन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे निर्वाचनको लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा लाेसपाकाे तर्फबाट उम्मेदवार लक्ष्मीकान्त मण्डल र प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर ३ (ख)काे लागि लाेसपा बाटे उम्मेदवार गजेन्द्र कुमार मण्डलले आफ्ना घर देलाै अभियानलाई तिब्रता दिएको छ ।


आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सेयाे गाउँ मध्ये करिबकरिब ६० गाउँकाे रुपमा बुधबार ओैरही नामक गाउँमा आफ्ना दर्जनौं कार्यकर्ताकाे साथ घरदैलो गरिरहेकाे निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार लक्ष्मीकान्त मण्डलले जानकारी गराएका छन् ।


यश क्षेत्रमा प्रतिनिधि सभा तर्फ १ लाख ४ हजार ८ साय ९२ मतदाता रहेको छ भने सप्तरी ३(ख) मा ५० हजार ६ साय ४२ मतदाता रहेको छ ।

प्रतिक्रिया