राजबिराज, ०७ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सखडामा सुरु भएको छ ।
हरिबाैधिनी एकादशी पर्वकाे अवसरमा छिन्नमस्ता गापा वडा नम्बर ३ काे आयोजनामा विहिबार संचालन भएको ३ दिने कुस्ती प्रतियोगितामा नेपाल र भारतकाे विभिन्न स्थानगरी २६ जना पहलवानहरुले भाग लिने छन् । जसमा ६ जना महिला पहलवान र २० जना पुरूष पहलबानकाे सहभागीता रहने छन् ।
परम्परागत रुपमा हरेक वर्ष हुने कुस्ती प्रतियोगिता बिचमा केही वर्ष नभए पनि अब हरेक वर्ष आजकै दिन उक्त प्रतियोगिता हुने वडा नम्बर ३ का अध्यक्ष बिजय कुमार यादवले जानकारी दिनु भयाे ।
त्यस्तै कुस्ती प्रतियोगितालाई थप सफल बनाउन प्रमुख अतिथिको रुपमा मधेस प्रदेशका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र विशिष्ट अतिथि छिन्नमस्ता गापा अध्यक्ष विद्यान्नद चाैधरी, उपाध्यक्ष राजुदेवी यादव, ७ वटै वडाका वडा अध्यक्षहरु, स्थानीय विभिन्न दलका नेताहरुले पहलवाहरुलाई हाथ मिलाई उदघाटन गरेका थिए भने हजारौं दर्शकहरुले उत्साह स्वरुप ताली बजाएर स्वागत गरेका थिए ।