राजविराज, १५ मंसिर । सप्तरीको रुपनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँसभा सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादवको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका बिच गाउँ पालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले ५४ करोड ४१ लाख १७ हजार २ सय २ रुपैयाँको बजेट प्रस्तुत गर्दै तेश्रो गाउँसभा सम्पन्न गरेको हाे ।
असारमा १५ गते भित्र नै सम्पन्न गर्नु पर्नै गाउँसभा जनप्रतिनिधिहरुको आपसी विवादका कारण हुन सकेका थिएन ।
गाउँपालिकाले समयमा गाउँ सभा गर्ने नसके कारण कारण कर्मचारीहरुले तलब भत्ता खाएको थिएन ।