२०८३ साल ब‌ैशाख ५ गते शनिवार

सप्तरीमा फेला पर्याे ५ फिटकाे गाेही

राजबिराज, १५ मंसिर । दुर्लभ मानिएका गाेही सप्तरीमा फेला परेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिर नजिकै ५ फिटको गाेही बिहीबार साझ फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

कंकालिनि मंन्दिर नजिकै रहेको पवन मण्डलको माछा पोखरीमा अन्दाजी ३५ किलो र लम्बाई ५ फिटको गोहि फेला परेको हाे ।

उक्त गोही कोशी टप्पु वन्यजन्तु आरक्षण टोलीलाई जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

प्रतिक्रिया