२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध दिवस सप्तरीमा २० भदौमा मनाइने

राजबिराज, १६ भदौ । मानव बेचबिखन तथा ओसारपसार बिरुद्धकाे १८ ओैं राष्ट्रिय दिवस मनाउने भएको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीकाे अध्यक्षतामा बसेकाे बैठकबाट मानव बेचबिखन तथा ओसारपसार बिरुद्धकाे १८ ओै राष्ट्रिय दिवस सप्तरीमा पनि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

भदौ २० गते बिहानै ७ बजे ने जिल्ला समंवय समितिमा भेला भई विभिन्न किसिमका प्लेकार्ड बाेकी प्रभात फेरि गर्ने जस्ता सचेतना मुलक कार्यक्रम गर्ने छन् । 

मानव बेचबिखन तथा ओसारपसार बिरुद्धकाे दिवस मनाउन सप्तरीका सबै स्थानीय तहहरुलाई बजेट व्यवस्थापन गरिदिनुहुन अनुरोध गर्दै सामुदायिक प्रहरी साझैदारी मार्फत सचेतनामुलक कार्यक्रम गर्ने र जसको प्रतिफल समाजमा राम्रो देखा पर्ने प्रमुख मगरातीले बताउनु भयो ।

साेही बैठकमा जिल्ला न्यायाधिवक्ता गाेकुल बहादुर निराैला, सप्तरी प्रहरी प्रमुख गुजुसिद्धी बजार्चाय, सशस्त्र प्रहरी  उपरीक्षक ज्ञानमणी पाेडेल , अनुसन्धानका उपरीक्षक सुरेन्द्र काेईराला, पत्रकार कृष्ण मण्डल, मानवअधिकार कर्मी अनिता देवकाेटा, पुनम पाेखरैल, सविता न्याैपाने लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया