२०८३ साल ब‌ैशाख १६ गते बुधबार

डाक्नेश्वरीमा रक्सी पिएर हो–हल्ला गर्ने ३ जना प्रहरीको नियन्त्रणमा

राजबिराज, ११ चैत । सप्तरीको डाक्नेश्वरी नगरपालिमा रक्सी पिएर हो–हल्ला गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


नगरपालिकाको वडा नम्बर ५ पातो बजारबाट सोमबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा नगरपालिकाको वडा नम्बर १ निवासी सतिश चौधरी र सन्तोष चौधरी तथा वडा नम्बर ७ का शिबनारायण मण्डल रहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।


नेकपा एमालेले सोमबार पातो बजारमा जागरण कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रम नजिकै गएर हो हल्ला एवं गालीगलौज गर्न थालेपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया