राजबिराज , २३ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेेगाउन सकिने बताएका छन ।
सप्तरी क्रिकेट संघकाे पाँचौ साधारणसभालाई आइतबार राजविराजमा सम्बाैद्धन गर्दै मुख्यमन्त्री सिंहले साे कुरा बताएका हुन् । अहिले युवाहरू कुलतको बाटो अँगाल्ने गरेको बताउँदै उहाँले भन्नु भयो ,’खेलकुदमा सहभागी गराएर यसबाट जाेगाउन सकिन्छ ।’
अनुशासनमा रहेर निरन्तर अभ्यासमा रहने खेलाडीले मात्र दिगाेपना कायम राख्न सक्ने उनको भनाई छ । ‘राम्रो प्रतिभा देखाउनका निम्ति अनुशासनमा रहदै मिहिनेत गरिरहनुपर्छ’ उहाँले भन्नु भयाे ।
उहाँले क्रिकेट खेलकाे विकासका लागि प्रदेश सरकार तत्पर रहेको समेत बताउनु भयो ।