राजविराज, २४ कार्तिक । चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो ? जनप्रतिनिधिहरुसँग अधिकांश जनताले सोध्ने साझा प्रश्न हो यो । जनताको घरदैलोमा जाने अधिकांश जनप्रतिनिधिहरु जनतासामु अवाक हुन्छन् । तर यस अघिका त्यस्ता जनप्रतिनिधिहरुका सूचीमा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव फरक पात्र हुन् ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सांसद बनेका उनी गर्वका साथ जिल्लाकै मुहार फेर्ने गरी भिजनका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा जाने गरेका छन् । हुन त विभिन्न तत्वहरुले आम जनतामा उपेन्द्रको विषयमा विभिन्न भ्रमहरु फैलाईएका रहेछन् । तर उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि, सडक, भौतिक पूर्वाधार लगायतका उदाहरणीय कामहरु तथा विगतमा गरेका संघर्षहरुबाट मधेशी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम, पिछडावर्ग लगायतका समुदायका हक अधिकारका लागि आरक्षण, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सहितका विषयमा प्रष्ट पार्दै गएपछि आममतदाता प्रभावित हुने गरेको तथा कतिपय त तत्कालै विभिन्न पार्टी छाडेर जसपा प्रवेश गर्ने गरेको बताउँछन् युसुफ अलि ।
उपेन्द्र यादवले चुनावमा मतदाता सामु कुनै बाचा गरेका थिएन । तर उनी प्रतिनीधिसभा सदस्यमा निर्वाचित भएपछि मिशनका साथ काम गरे । किनभने सप्तरी जिल्लाले दर्जनौं राष्ट्रिय नेताहरु जन्माए । दर्जनौं नेताहरु मन्त्री पनि बने । तर सबैले झुठा आश्वानमा देखाएर मतदाताहरुलाई ठगे । अहिले पनि विभिन्न रुपमा आएका उम्मेदवारहरु झुठा आश्वासन बाड्नमै व्यस्त छन् ।