२०८१ साल माघ २७ गते अाईतबार

कर्मचारीतन्त्रको लालफित्ताशाही भनेको के हो ?

कर्मचारीतन्त्रको लालफित्ताशाही भनेको के हो ? नेपालको कर्मचारीतन्त्रमा यसको सुधार गर्ने उपायहरु प्रस्तुत गर्नुहोस् ।(१०)

कर्मचारीतन्त्रको लालफित्ताशाही

? नतिजाका लागि सामान्यतः अनावश्यक, अत्यधिक जटिल र लामो कानूनी प्रक्रिया देखाई काम पन्छाउने, ढिलासुस्ती गर्ने र अतिरिक्त लाभको अपेक्षा गर्ने प्रशासनिक प्रवृत्ति नै कर्मचारीतन्त्रको लालफिताशाही हो !

?यो त्यस्तो सूक्ति हो, जसको प्रयोग कर्मचारीतन्त्रको प्रक्रियामुखी कार्यशैली, अत्यधिक कागजी कार्य, धेरै तहयुक्त लामो निर्णय प्रक्रिया र ढिलासुस्तीलाई बुझाउन गरिन्छ ।

? कर्मचारीतन्त्रको दुर्बल पक्षका रुपमा रहेको लालफित्ताशाहीले छिट्टै र सजिलै हुने कामलाई ढिलो र जटिल तुल्याउँछ ! 

? महत्वपूर्ण र माथिल्लो तहबाट निर्णय गर्नुपर्ने कागजातलाई रातो टेपले बाँधेर राख्ने युरोपेली प्रचलनको सन्दर्भबाट लिइएको यस शब्दले हाल केन्द्रीकृत निर्णय प्रक्रिया र झन्झटिलो कार्यविधिलाई बुझाउँछ ।

? हाल लालफित्ताशाही अनावश्यक प्रक्रिया र कानूनी जटिलता देखाएर काम पन्छाउने तर घुस दिएपछि तुरुन्तै काम गरिदिने कर्मचारीतन्त्रीय प्रवृत्तिको पर्याय बनेको छ ।

?लालफित्ताशाहीलाई सुशासन र सार्वजनिक उत्तरदायित्वको परम्परागत अवरोधका रुपमा लिइन्छ ।


नेपालको कर्मचारीतन्त्रमा देखिएको लालफित्ताशाहीमा सुधार गर्ने केही उपायहरु


नेपालको सार्वजनिक प्रशासनमा लालफित्ताशाहीपन एक जटिल र दीर्घ रोग बनेर बसेको छ, जसको निराकरणको लागि देहायका उपायहरु अवलम्बन गर्नु उपयुक्त हुन्छ :

? प्रक्रियामा जोड दिने विद्धमान कानूनलाई संशोधन गरी कार्यविधिलाई नतिजामुखी एवम् छरितो तुल्याउने,

? एकीकृत सूचना व्यवस्थापन प्रणाली र विधुतीय अभिलेख खडा गरी कागजविहीन सरकारको अवधारणालाई व्यवहारमा रुपान्तरण गर्ने,

? प्रक्रियामा जोड दिने विद्धमान कानूनलाई संशोधन गरी कार्यविधिलाई नतिजामुखी एवम् छरितो तुल्याउने, 

? सेवा प्रदायक कर्मचारीलाई सेवाग्राहीप्रति प्रत्यक्ष रुपमा उत्तरदायी बनाउन सार्वजनिक सुनुवाई सार्वजनिक परीक्षण, नागरिक प्रतिवेदन कार्ड, क्षतिपूर्ति सहितको नागरिक वडापत्र जस्ता उपायहरुको प्रभावकारी उपयोग गर्ने,

? कार्यसम्पादन मूल्याङ्कनलाई वस्तुगत तुल्याई सोको नतिजालाई अतिरिक्त सेवा सुविधा वितरण प्रणालीमा आबद्ध गर्ने, 

? कर्मचारीलाई प्रक्रियाप्रति नभई नतिजाप्रति जवाफदेही तुल्याउने पद्धति अवलम्बन गर्ने,

? दण्ड-पुरस्कार प्रणालीलाई प्रभावकारी तुल्याउने, निर्णय प्रक्रियामा सरलीकरण र पारदर्शिता कायम गर्ने,

? सेवा प्रवाहमा एकद्वार प्रणालीको अवलम्बन गर्ने,

?प्रभावकारी नागरिक शिक्षाको माध्यमबाट नागरिकमा अधिकारमुखी चेतना र क्रियाशीलताको विकास गर्ने,

? भ्रष्टाचार नियन्त्रण र सदाचारिता प्रवर्धनका प्रयासलाई प्रभावकारी तुल्याउने, पारदर्शी र सहभागितामूलक कार्यशैलीको अवलम्बन गर्ने,

? कर्मचारीमा मनोबल र उत्प्रेरणाको स्तरलाई सुदृढीकरण गर्ने ! 


निष्कर्ष :- लालफित्ताशाही आधुनिक कर्मचारीतन्त्रको प्रभावकारितालाई कमजोर तुल्याउने एक पुरातन रोग हो । नेपालमा यस समस्याले सार्वजनिक प्रशासनप्रति नागरिकको स्वामित्व र सन्तुष्टिलाई अभिवृद्धि हुन दिएको छैन भने भ्रष्टाचारलाई बढावा दिएको छ । त्यसैले आधुनिक सेवामुखी संस्कृतिले परम्परागत लालफित्ताशाहीलाई विस्थापित गरी सार्वजनिक प्रशासनलाई समृद्धि र सुखको उम्दा सारथीको रुपमा विकास गर्न अब कति पनि ढिला गर्नुहुँदैन ।

प्रतिक्रिया