२०८३ साल ब‌ैशाख १६ गते बुधबार

जनमत पार्टीले प्रेस जनमत संघको केन्द्रीय तदर्थ समिति गठन गर्‍याे

काठमाडौं, २५ जेठ । जनमत पार्टीले पार्टीसँग आबद्ध पत्रकारहरुको संगठन ‘प्रेस जनमत संघ’को केन्द्रीय तदर्थ समिति गठन गरेको छ। 

आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको जानकारी दिएको हो।

पार्टीको केन्द्रीय सचिवालयको निर्णय अनुसार लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पत्रकारहरुको समावेशमा उक्त समिति गठन गरिएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “प्रेस जनमत संघ जनमत पार्टीको शुभेच्छुक संगठनको रुपमा रहनेछ। साथै संघले जिल्ला र प्रदेश कमिटीहरू पनि क्रमशः गठन गर्ने प्रक्रिया अगाडि बढाउनेछ।”

तदर्थ समितिको अध्यक्षमा अवधेश कुमार झा चयन भएका छन् भने रामनारायण विश्वासलाई सहअध्यक्ष र  ललन कुमार मण्डललाई सदस्य सचिवमा चयन भएका छन ।

त्यसैगरी सदस्यहरूमा जितेन्द्र खडगा, मनाैज माैरबैता, बिजय कुमार साह, सुमित मिश्र, अनिल पाण्डे, केशब लुईटेल, शम्भु पण्डित, शेख माैजिबुल्लाह, मुना ठाकुर, संजय यादव, श्यामल कुमार गिरी, बिजेन्द्र कुमार चाैधरी, बिरेन्द्र कुमार साह, चन्द्रन रजक,  चन्दन राेनियार, भुपेन्द्र साह, विमला कुमारी यादव र रिना कुमारी केसी रहेका छन्।

समितिका सदस्यहरूलाई शुभकामना दिँदै विज्ञप्तिमा भनिएको छ, “यसै समितिको संयोजनमा जिल्ला र प्रदेश कमिटीहरू गठनको प्रक्रिया समेत अगाडि बढाइएको छ।” विज्ञप्तिमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतको हस्ताक्षर रहेको छ।



प्रतिक्रिया