२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

सप्तरीको महदेवा गापा संयोजक सहित ६ जनाले माओवादी पार्टी बाट दिए राजिनामा

राजबिराज, ११ बैशाख ।

सप्तरीको महदेवा गापा माओवादी केन्द्रको संयोजक तथा जिल्ला कमिटीको सदस्य मनोज कुमार यादव सहित ६ जनाले पार्टी बाट राजिनामा दिएका छन ।

गापाको संयोजकको जानकारी बिना ने सबै वडा सम्म जिल्लाको नेताहरुले हेकमबादी र मनपरी तरिकाले आफु खुशी टिकट वितरण गरेकाले आफूहरु पार्टीको सम्पुणर् जिम्मेबारी बाट (आइतबार) आजेको मिती देखी राजीनामा दिएको कुरा राजबिराज स्थित नेपाल पत्रकार महासंघमा एक पत्रकार सम्मेलन गरी जानकारी गराएका छन । 

राजिनामा दिनेहरुमा महदेवा गापा माओवादी केन्द्रको संयोजक तथा जिल्ला कमिटीको सदस्य मनोज कुमार यादव, २ नम्वर बुथ कमिटी सदस्य अरबिन्द कुमार मण्डल, ५ नम्वर बुथ कमिटी सदस्य बाल किषुण पण्डीत, चन्दनरायण खंग, जगदिश राम र दुखी राम लगायतले राजिनामा पार्टी बाट राजीनामा दिएका हुन ।

प्रतिक्रिया