राजबिराज, ०५ मंसिर । देशकै एक मात्र संस्कृत विद्यालयमा शिक्षक दरबन्दी कटौती गरेर अन्यत्र सरुवा गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित रहेको श्री छिन्नमस्ता भुपेन्द्र संस्कृत मा. वि. सखडा बाट माविकाे दरबन्दी कटाेती गरेर पालिकाकाे अर्को विद्यालयमा लगेको भन्दै मंगलबार त्यही विद्यालयमा पढ्ने विद्यार्थीहरुले तालाबन्दी गरेको हाे ।
विद्यालयकाे प्रधानाध्यापक अर्थात गणित विषयकाे शिक्षक कामेशर यादवकाे दरबन्दी कटौती गरेर अन्यत्र सरुवा गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेको प्रधानाध्यापक यादवले जानकारी दिए ।
प्रधानाध्यापक यादवको अनुसार शिक्षक विद्यार्थीकाे अनुपात यस विद्यालयमा शिक्षक अभावने रहेको बताउनुभयो ।
त्यस्तै यसै विषयमा बुझ्न छिन्नमस्ता गाउँपालिकाकाे शिक्षा ईकाइ र कार्यालय प्रमुख संगसम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेनन् ।