२०८३ साल ब‌ैशाख १६ गते बुधबार

नरबहादुर प्रतिष्ठान द्वारा अन्तरक्रिया सम्पन्न

कल्याणपुर, १४ मंसिर। कम्युनिष्ट आन्दोलन का संस्थापक नरबहादुर कर्मचार्यको नाममा रहेको स्मृति प्रतिष्ठान ले कल्याणपुरमा वर्तमान चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

प्रतिष्ठान सप्तरी शाखाकाे अध्यक्ष ध्रुव कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्रालयकी राज्य मन्त्री रूबी कुमारी कर्ण ले हाम्रो देश जस्तो खर्चिलो चुनाव देश को दुर्भाग्य भएको वताउनुभयो। 

मन्त्री कर्णले नरबहादुर जस्तो सदाचारीको सपना पुरा हुने विश्वास व्यक्त गर्नुभयो । देश समाजउन्मुख दिशामा नगए सम्म विकास सम्भव नहुने जिकिर गर्नुभयो ।  

कार्यक्रम मा खडक नगरपालिका नगरप्रमुख जय प्रकाश चौधरी, प्रतिष्ठान का सल्लाहकार प्रथम लाल राम, नेता कलामउदीन खान, वडा अध्यक्ष कलामउदीन मियाॅ, संस्थाका उपाध्यक्ष बद्री सदा, युवा विद्यार्थीहरूले समाजवाद को वहस नेपाल को लागी आवश्यक रहेको वताउनुभयो । कार्यक्रम को सञ्चालन सचिव माला कुमारी कर्ण ले गर्नु भएको थियो भने स्वागत संस्थाको सदस्य सरस्वती चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया