२०८३ साल जेठ २७ गते बुधबार

लालापट्टी आगलागी हुँदा १८ लाख ५० हजार बराबरको क्षति

राजबिराज, ५ चैत । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा आजै (मंगलबार) बिहान आगलागी हुँदा ८ वटा घर सहित करिब १८ लाख ५० हजार बराबरको क्षति भएको छ ।

बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीबाट घर, गोठ, पसुचाैपाया सहित सरसामान जलेर नष्ट भएको छ ।
स्थानीय देव नारायण पण्डितको दुई वटा घर समेत गरि करिब ७ लाख, रामेश्वर पण्डितको घर, गाईकाे गोठ, भान्सा घर सहित करिब ७ लाख, धन्राज पण्डितकाे घर, गाईको गाेठ, भान्सा घर सहित करिब ३ लाख र जुगेश्वर पण्डितको घर र गोठ सहित करिब १ लाख ५० हजार बराबरको घनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट घरभित्र रहेका २ वटा खसी, एउटा भैसी, लत्ताकपडा, अन्नपात, फर्निचर,भाँडा, मोबाइल, सुन चाँदीसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ । भने स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया