२०८३ साल असार १० गते बुधबार

पूर्व मन्त्री जीतेन्द्र नारायण देवद्वारा पार्टी परित्यागको घोषणा

राजविराज, माघ १९ । संविधान सभा सदस्य तथा पूर्व मन्त्री जीतेन्द्र नारायण देवले आफू आबद्ध नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत देवले देशमा लामो समयदेखि विद्यमान कुशासन, भ्रष्टाचार, दुराचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको बढ्दो विदेशी पलायनप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने निर्णय लिएको बताएका हुन्।

उनले पार्टीले लिएको नीति, विचार तथा व्यवहारसँग आफू सहमत हुन नसकेको उल्लेख गर्दै पार्टीभित्र जिम्मेवार पदमा रहेर पनि देश र जनताको पक्षमा अपेक्षित काम गर्न नसकिएको अनुभूति भएपछि पार्टी परित्यागको निर्णयमा पुगेको स्पष्ट पारे।

देवले माघ १९ गतेदेखि लागू हुने गरी पार्टीसँगको सम्पूर्ण जिम्मेवारी तथा सदस्यता त्याग गरिएको जानकारी दिएका छन्। अबदेखि पार्टीका कुनै पनि गतिविधि, निर्णय तथा कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहनेसमेत उनले स्पष्ट पारेका छन्।

प्रतिक्रिया