राजबिराज, १९ असोज । विभिन्न बाधा अवरोधका बिच ढिलो भए पनि सप्तरीको महादेवा गाउँपालिकाले आफ्नो आठौं गाउँ सभा सम्पन्न गरेको छ ।
महादेवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँकाे बजेट सार्वजनिक गर्दै बिहीबार आठौं गाउँसभा सम्पन्न गरेको हाे ।
स्वच्छ समाजको मुल आधार, शिक्षा, कृषि तथा भौतिक विकास एवम स्वस्थ्य आहार व्यवहार भन्ने मुल नाराका साथ सम्पन्न आठौं गाउँसभामा कृषि क्षेत्रमा लागेकालाई आत्मनिर्भर बनाउनको लागी कृषकहरुलाई पुर्वाधारकाे साथसाथै कृषि मिटर र विधुतीकरण गर्ने प्रमुख प्रथमिकता रहेको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जानकारी दिनुभयो ।
कुल ६ वटा वडा रहेको महदेवामा प्रत्येक वडालाई ८० लाखकाे दरले यस आर्थिक वर्षमा बजेट छुट्टयाइएको अध्यक्ष मण्डलले जानकारी दिनुभयाे ।
त्यसैगरी सभामा उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा, कानुन ब्यवसायी केशव प्रसाद दास, वडा अध्यक्षहरु जयश्वर किशोर दास, जागेश्वर ईसर, लोसपाका युवा नेता सुरेन्द्र यादव, शंकर राउत, हरि नारायण यादव लगायतकाले आठौं सभालाई सम्बाेधन गरेका थिए ।
त्यसैगरी सप्तरीको १८ वटा स्थानीय तहमध्यै हनुमाननगर कंकालिनी नगरपालिका र रुपनी गाउँपालिकाले अहिलेसम्म यस आर्थिक वर्षको आफ्नो गाउँसभा गर्ने सकेका छैनन् ।