राजविराज, १ कार्तिक । राजविराज नगरपालिकाले पुरानो सबै भुक्तानी दिने भएको छ ।
नगरपालिकाले हालै सम्पन्न गरेको साताैं सभाको बुधबार बिहान पत्रकार संगकाे अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हाे । याे संगै नगरपालिकाले कसेलाई केही तिर्नु नपर्ने अथवा ऋण मुक्त हुने कुरा जानकारी गराएको हाे ।
दुई आर्थिक वर्ष गरेर कुल करिब १४ करोड भुक्तानी दिनु पर्ने भएकोले उक्त याेजनाहरुकाे कामकाजको अनुगमन गर्न नेपाल पत्रकार महासंघको प्रतिनिधि/पत्रकार सहितको साथ र सहयोगमा लिएर स्वस्थ्य तरिकाले प्रविधिक जाँचबुझ गरी भुक्तानी दिने कार्यवाहक मेयर ईसरत प्रविनले जानकारी गराईन् ।
त्यस्तै मेयर चढ्ने गाडी बिग्रेर समस्या भएकाले सभाले नयाँ गाडी खरीद गर्ने ७५ लाख रकम छुट्याइएको प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङले जानकारी गराए ।
त्यसैगरी सभाले रु ६० लाखको लागतमा नगरभित्र हाइ मास्ट टावर जडान गर्ने निर्णय गर्दै लामखुट्टे मार्ने मेसिन तथा तथा औषधि खरिदका लागि रु २५ लाख छुट्याइएको छ ।
सिसिटिभि जडानका लागि रु ५० लाख ७५ हजार छुट्याइएको छ ।