राजबिराज, १७ मंसिर । मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको संस्थापक अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।
सप्तरीको राजविराज नगरपालिका ७ निवासी ६८ वर्षीय भट्टराई नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको ११औं साधारणसभामा सहभागी हुन गएका अवस्थामा लालबन्दीस्थित एक होटेलमा मृत फेला परेका हुन् ।
लालबन्दी -१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा रातिको खाना खाएर कोठामा पुगेका उनी शनिबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।
भट्टराई ओछ्यानमै बान्ता गरेको तथा उनले खाने औषधि पनि छरपस्ट अवस्था भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शाेक वक्तव्य जारी गरेका छन । साथै १३ दिन सम्म कुनै पनि ओैपचारिक कार्यक्रम नगर्ने र पुर्व निर्धारित कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको यहि पुस २ गते हुने साधारणसभा पनि स्थगित गरेकाे महासंघका सचिव रामनारायण विश्वासले जानकारी दिनुभयाे ।