२०८१ साल मङ्सिर २१ गते शुक्रबार

मामा घर राजबिराज आएकी दिदीबहिनी रिंकी र पिंकी वेपत्ता

राजबिराज, २४ बैशाख । भारतबाट मामा घर राजविराज आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता भएकी छिन् ।

मामाको छोरीको विवाहमा भारतबाट सरिक हुन राजविराज आएकी भारत विहार राज्यको दरभंगा जिल्ला जाले ग्राम पंचायत वस्ने जय किशोर यादवकी १८ वर्षिया छोरी रिंकी र १९ वर्षिया पिंकी बैशाख २१ गते देखी राजविराजबाट वेपत्ता भएकी हुन् ।

राजविराज ७ खरसाल टोल वस्ने मामा अशोक यादवको छोरीको वैशाख ७ गते तय भएको विवाहमा सरिक हुन वुवा जयकिशोर र आमा देवकी देवी सहित दिदी÷बहिनी रिंकी र पिंकी बैशाख ६ गते नै राजविराज पुगेकी थिइन ।

विहे सम्पन्न भएपनि आफ्नो घर मै वसेका भान्जी रिंकी र पिंकी २१ वैशाख शुक्रवार दिउसो १ बजे देखी सम्पर्क विहीन भएको मामा अशोकले बताए ।

चार दिनदेखी भान्जीहरुको खोजी गर्दा पनि कतै फेला नपरेको उनले सुनाए । कतै कुनै सुराक नपाइए पछि भान्जीको अवस्था पत्ता लगाइदिन अघिल्लो दिन आइतवार साँझ जिल्ला प्रहरी कार्यालयमा सो बारे सम्पुर्ण जानकारी गराइएको उनले सुनाए । 

छोरी खोज्दै सोमवार भारतको दरभंगा पुगेका बुवा जयकिशोरले आफन्त र चिनजानका सबैमा जानकारी गराइए पनि हाल सम्म फेला पर्न नसकेको  फोन सम्पर्कमा बताएका छन् । 

आमा देवकीले छोरी रिंकी र पिंकी आफुलाई केही नभनी शुक्रवार दिउँसो १ बजेतीर घरबाट निस्केको र त्यस पछि अबेर राती सम्म पनि न फर्के पछि खोज तलास सूरु गरिएको बताईन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुंण्डिराज नेउपानेले सम्पर्क विहीन भएकी दिदी÷बहिनी रिंकी र पिंकीबारे आफन्तले आईतवार साँझ मात्र जानकारी गराएको बताए ।

यद्धपी सो बारे जानकारी आउना साथ सम्पर्क विहीन भएकी दिदी÷बहिनीको पत्ता लगाउन उनीहरुको हुलीया सहितको सम्पुर्ण विवरण सबै प्रहरी कार्यालयमा पठाइएको उनले बताए । 

उनले सिमावर्ती भारतीय क्षेत्रका प्रहरी अधिकारीलाई समेत जानकारी गराई उनीहरुको खोजी कार्या भईरहेको जनाए ।

प्रतिक्रिया