२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

सप्तरीमा विङ्गर दुर्घटना हुँदा १ महिला यात्रुकाे मृत्यु १० घाईते

राजबिराज, २४ जेठ ।

राजविराज–रुपनी सडकखण्ड अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ५ मुसहरनियाँ बसविट्टीमा आज (मंगलबार) विङ्गर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । मृत्युु हुनेमा सप्तरीको रुपनी गाउँपालिका १ नकटी रायपुरकी ६८ बर्षीय तारादेवी यादव रहेकी छिन् ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको प्र ३–००१ ज ०२७७ नम्बरको यात्रुबाहक विङगर गाडी आफै अनियन्त्रित भई बिहान साढे ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाईते यादवको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौनाका ४५ बर्षीय विलेवती देवी साह, रुपनी गाउँपालिका वडा नम्बर २ का बर्ष ३० का निर्मलादेवी मण्डल, सोही ठाउँका बर्ष ३२ को गौरी मण्डल, शम्भुनाथ नगरपालिका ११ का ५६ का रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका १ का बर्ष ३३ का लिला देवी सदा, सोही ठाउँका ३४ बर्षका धर्मेन्द्र सदा घाईते भएका छन् ।

यसैगरी रुपनी गाउँपालिका ३ कटैयाका बर्ष ३४ को रामा कुमार साह, सिरहा कर्जनाह नगरपालिकाका ८ बस्ने बर्ष ३६ का ओम नारायण पासवान, सोही स्थानका बर्ष ३१ का ईन्द्रवती पासवान र निजको छोरा बर्ष ७ को आनन्द पासवान घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको तथा दुर्घटना ग्रस्त गाडी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया