२०८३ साल जेठ २७ गते बुधबार

पत्रकारलाई दुर्ववहार गर्ने ६ जना माथि मुद्दा गर्ने प्रहरीमा उजुरी

राजविराज, २३ श्रावण ।  सप्तरीको राजगढ गाउँपालिकामा रिपोर्टिङग गर्ने गएका पत्रकारलाई दुर्ववहार गर्ने माथि मुद्दा दायर गर्ने निर्णय गर्दै नेपाल पत्रकार  महासंघ सप्तरीले प्रहरीमा उजुरी दिएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा कार्यसमिती सहितका पत्रकारहरुको उपस्थितीमा मंगलबार राजगढ गाउँपालिका पुगेका पत्रकारहरुकाे क्यामरा माईक खोस्दै कोठामा थुनी दुर्ववहार गर्ने ६ जना माथि सप्तरी  प्रहरीमा मुद्दा दायर गर्ने  निर्णय गरेकाे हाे ।

समाचार सकंलनका लागि मंगलबार  गाउँपालिका गएका कान्तिपुर टेलिभिजन सप्तरी सम्बादाता राम नारायण विश्वास, राजविराज दैनिकका नविन गुप्ता र समाचारपत्रका सम्वाददाता विद्यानन्द रामलाई गापा अध्यक्ष ओमप्रकाश मण्डलकाे इशारामा माईक खोस्दै दुर्ववहार गरेको र कार्य कक्षमै थुनेकाकाे बिरुद्ध कार्वाहीका लागि जिल्ला प्रहरी प्रमुख गुजुसिद्धि बजाचार्यलाईलाई उजुरी बुझाएका छन् ।

पत्रकारलाई दुर्ववहार गर्ने गापा अध्यक्ष मण्डल सहित ६ जना विरुद्ध मुद्दा गर्ने  निर्णय गरि आज उजुरी दिएको महासंघका अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।

उता गाउँपालिका अध्यक्ष ओैमप्रकाश मण्डलले आफुले त्यस्ताै दुर्ववहार नगरेको दावी गर्दै त्यतिबेलाकाे सिसिटिभी फुटेज हेरी कुनै निर्णय गर्ने अनुराेध गरेका छन । 

प्रतिक्रिया